+
+
Shares

तोलामा २ हजार ९ सय बढ्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ७ गते ११:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनको भाउ प्रतितोला २ लाख ४४ हजार ६ सय रुपैयाँ तोकेको छ।
  • सुनको भाउ अघिल्लो दिनको तुलनामा तोलामा २ हजार ९ सय रुपैयाँले बढेको छ।
  • चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेर ३ हजार १३५ रुपैयाँ पुगेको छ।

७ मंसिर, काठमाडौं । आइतबार सुनको भाउ तोलामा २ हजार ९ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ४४ हजार ६ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन २ लाख ४१ हजार ७ सय रुपैयाँ थियो । यसअघि असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला २ लाख ५८ हजार रुपैयाँसम्म पुगेको रेकर्ड छ ।

चाँदी तोलामा ३५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३१०० रुपैयाँमा कारोबार भएको चाँदी आज ३१३५ रुपैयाँ पुगेको छ । यसअघि असोज ३१ गते चाँदी हालसम्मकै उच्च ३३५० रुपैयाँ पुगेको रेकर्ड छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?