+

कर्णाली याक्सको जितपछि एसियन पेन्ट्सले दियो प्रदेश क्रिकेट संघलाई एक लाख

२०८२ मंसिर  ७ गते २०:०२ २०८२ मंसिर ७ गते २०:०२
कर्णाली याक्सको जितपछि एसियन पेन्ट्सले दियो प्रदेश क्रिकेट संघलाई एक लाख

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एसियन पेन्ट्सले कर्णाली याक्सको पहिलो जितपछि कर्णाली प्रदेश क्रिकेट संघलाई एक लाख रुपैयाँ हस्तान्तरण गरेको छ।
  • कर्णाली याक्सले दोस्रो खेलमा लुम्बिनी लायन्सलाई ९ विकेटले पराजित गरेको थियो।
  • कर्णाली क्रिकेट संघका सचिव श्रीधर केसीले रकम ग्रासरुट क्रिकेट विकासमा प्रयोग गर्ने जानकारी गराएका छन्।

७ मंसिर, काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल)मा पहिलो जित हात पारेपछि एसियन पेन्ट्सले कर्णाली प्रदेश क्रिकेट संघलाई एक लाख रुपैँया हस्तान्तरण गरेको छ ।

एनपीएलको दोस्रो संस्करणका लागि कर्णाली याक्सले एसियन पेन्ट्ससँग सह- प्रायोजकको सम्झौता गरेको थियो  । कर्णाली याक्सले जितेको हरेक खेलमा एसियन पेन्ट्सले कर्णाली प्रदेश क्रिकेटको विकासका लागि एक लाख रुपैयाँ दिने सम्झौता भएको थियो ।

पूर्व प्रतिबद्धताअनुसार आइतबार एसियन पेन्ट्सले एक कार्यक्रमबीच कर्णाली प्रदेश क्रिकेट संघका प्रतिनिधिलाई एक लाख रुपैयाँ उपलब्ध गराएको हो ।

कर्णाली याक्स स्पोर्ट्स प्रालीका निर्देशक गृहेन्द्र घिमिरेको रोहबरमा एसियन पेन्ट्सका नेस्नल सेल्स, एक्टिभेसन एण्ड मार्केटिङ म्यानेजर दिपक बरालले कर्णाली क्रिकेट एसोसियसनका सचिव श्रीधर केसीलाई उक्त रकम बराबरको चेक उपलब्ध गराए ।

पहिलो खेफमा चितवन राईनोजसँग पराजित भएको कर्णाली याक्सले प्रतियोगिताको आफ्नो दोस्रो खेलमा शनिबार लुम्बिनी लायन्सलाई ९ विकेटले पराजित गरेको थियो ।

स्कटिस खेलाडी मार्क वाटले सतक बनाएपछि कर्णालीले प्रतियोगितामा पहिलो जित निकालेको हो ।

पूर्वघोषित पुरस्कार पाएपछि कर्णाली क्रिकेटका सचिव तथा क्यानको केन्द्रिय सदस्य श्रीधर केसीले यो रकम कर्णाली क्रिकेटको ग्रासरुटमा प्रयोग गर्ने जानकारी गराए । ‘कर्णाली याक्स र एसियन पेन्ट्सबाट भएको सम्झौताले निकै खुसी मिलेको छ । यो रकम हामी ग्रासरुट क्रिकेट र कर्णालीको क्रिकेट विकासमा प्रयोग गर्नेछौं’ उनले भने ।

निर्देशक गृहेन्द्र घिमिरेले एसियन पेन्ट्सलाई धन्यवाद दिए । उनले कर्णाली प्रदेशको क्रिकेट विकास र समग्र नेपाली क्रिकेटको विकासमा कर्णाली याक्स प्रतिवद्ध रहेको धारणा राखे । ‘यस्तै साना साना सहयोगले नेपाली क्रिकेटको विकास हुन्छ । हाम्रो सानो सहयोगले प्रदेश क्रिकेटको ग्रासरुटमा राम्रो होस् भन्ने चाहना छ’ निर्देशक घिमिरले भने, ‘हामी कर्णाली याक्समात्रै नभएर प्रदेश क्रिकेटको विकास पनि चाहन्छौं । आगामी दिनमा अझै धेरै सहयोग गर्नेछौं । यो सहयोगको लागि एसियन पेन्ट्सलाई धन्यवाद ।’

एसियन पेन्ट्स नेपाल प्रिमियर लिग दोस्रो संस्करणमा पेन्ट्स पार्टनर समेत हो । हरेक खेलमा उत्कृष्ट क्याच गर्ने एक खेलाडीलाई ‘एसियन पेन्ट्सल अल्टिमा क्याच अफ म्याच’को पुरस्कार वापत २५ हजार प्रदान गर्दै आएको छ ।

कर्णाली याक्समा कर्णाली प्रदेशका पाँच खेलाडी रहेका छन् । विपिन शर्मा, युनिस विक्रम ठकुरी, दीपेन्द्र रावत, अर्जुन घर्ती र मनिष थापाले दोस्रो एनपिएल खेलिरहेका छन् ।

मनिष यसपटक ट्यालेन्ट हन्टबाट टिममा जोडिएका हुन् । विपिन पहिलो संस्करणको ट्यालेन्ट हन्टबाट उदाएका खेलाडी हुन् । कर्णाली याक्सले पहिलो संस्करणको अक्सनबाटै युनिस, दीपेन्द्र र अर्जुनलाई अनुबन्ध गरेको थियो ।

पहिलो सिजन कर्णालीले प्लेअफसम्मको यात्रा तय गरेको थियो ।

एसियन पेन्ट्स कर्णाली याक्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय