+
+
WC Series
जनकपुर बोल्ट्स 2025
47/3 (8.5)
VS
६७ बलमा ८९ रन आवश्यक
विराटनगर किंग्स 2025
135/7 (20)
Shares

सिटिजन्स बैंकले ल्यायो ‘जेन–जी’ सेभिङ एकाउन्ट

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ८ गते १४:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिटिजन्स बैंकले विद्यार्थी, फ्रिलान्सर, क्रियटर र उद्यमशील युवाका लागि 'जेन–जी सेभिङ एकाउन्ट' सञ्चालनमा ल्याएको छ।
  • यो खातामा न्यूनतम १०० रुपैयाँमै खाता खोल्न सकिने र वार्षिक ३.०२ प्रतिशत ब्याजदर प्रदान गरिने बैंकले जनाएको छ।
  • पहिलो वर्ष चेकबुक, डिम्याट खाता, सी–आस्बा कमिसन र रजिस्ट्रेसन निःशुल्क उपलब्ध गराइने र डिजिटल सेवामा विशेष छुट दिइने बैंकले बताएको छ।

८ मंसिर, काठमाडौं । सिटिजन्स बैंकले ‘जेन–जी सेभिङ एकाउन्ट’ सञ्चालनमा ल्याएको छ । सोमबार बैंकको कर्पोरेट कार्यालयमा आयोजित एक कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले यो खाताको शुभारम्भ गरे ।

यस बचत खाताले विशेषगरी विद्यार्थी, फ्रिलान्सर, क्रियटर, उद्यमशील युवा तथा डिजिटल प्लेटफर्ममा सक्रिय समुदायलाई समेट्न खोजिएको बैंकले जनाएको छ । न्यूनतम १०० रुपैयाँमै खाता खोल्न सकिने यसमा बैंकले वार्षिक ३.०२ प्रतिशत ब्याजदर प्रदान गर्नेछ ।

‘युवालाई कारोबार सहज बनाउन चेकबुक, डिम्याट खाता, सी–आस्बा कमिसन तथा सीआस्बा रजिस्ट्रेसन जस्ता महत्त्वपूर्ण सेवा पहिलो वर्ष निःशुल्क उपलब्ध गराइनेछ’ बैंकले विज्ञप्तिमार्फत भनेको छ ।

डिजिटल सेवामा अझै बढी प्रोत्साहन दिन बैंकले एटीएम कार्ड, मोबाइल बैंकिङ, ई–कम कार्ड र इन्टरनेट बैंकिङ गरी चारै सेवा एकैपटक लिएमा ५०० रुपैयाँमा उपलब्ध हुने विशेष ‘बन्डल्ड’ सुविधा समेत राखेको छ।

ग्राहकलाई न्यून लागतमा सम्पूर्ण डिजिटल सुविधको पहुँच प्रदान गर्ने लक्ष्य लिइएको बैंकले जनाएको छ ।

‘ग्राहकले ट्राभल कार्ड जारी शुल्कमा ५० प्रतिशत छुट र मोबाइल बैंकिङमा समर्पित जेन–जी ड्यासबोर्ड मार्फत व्यक्तिगत डिजिटल अनुभवको आनन्द लिने अवसर पनि पाउने छन्’ बैंकले भनेको छ ‘यस बचत खाता प्रयोगकर्ताहरूलाई पहिलो मोबाइल टप–अपमा २५ प्रतिशत नगद फिर्ता प्राप्त हुनेछ ।’

बैंक अफ द इयर २०२४ को उपाधि प्राप्त गर्न सफल यस बैंकले यसअघि नै फोनपेसँगको सहकार्यमा भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधा बैंकले ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?