+
एनपीएल २०२५ :

एनपीएलमा आज काठमान्डु र लुम्बिनी खेल्दै

२०८२ मंसिर  ९ गते ७:५८ २०८२ मंसिर ९ गते ७:५८
एनपीएलमा आज काठमान्डु र लुम्बिनी खेल्दै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग क्रिकेटमा काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सबीच आज अपरान्ह ४ बजे खेल हुँदैछ।
  • काठमान्डुका कप्तान करण केसी र लुम्बिनीका कप्तान रोहित पौडेलको नेतृत्वमा दुवै टोली जितको खोजीमा छन्।
  • अंकतालिकामा काठमान्डु तेस्रो र लुम्बिनी चौथो स्थानमा छन्, दुवै टोलीको समान २ अंक छ।

९ मंसिर, काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज एकमात्र खेल हुँदैछ । अपरान्ह ४ बजे हुने खेलमा काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स आमनेसामने हुँदैछन् ।

राष्ट्रिय टोलीका अलराउन्डर करण केसीको कप्तानीमा रहेको काठमान्डुले राष्ट्रिय टोलीकै कप्तान रोहित पौडेल कप्तान रहेको टोली लुम्बिनीसँग प्रतिस्पर्धा गर्दा दुवै टोली जितको खोजीमा हुनेछन् ।

किनभने दुवै टोली अघिल्लो खेलमा पराजित भएका छन् । काठमान्डुले ३ खेल खेल्दा २ हार बेहोरिसकेको छ भने लुम्बिनीले २ खेलमा १ जित र १ हारको नतिजा निकालेको छ ।

पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई हराएको काठमान्डुले त्यसयता लय गुमाउँदै गएको देखिएको छ । आजको खेलमा हार बेहोरे काठमान्डुका लागि प्लेअफ सम्भावना कठिन बन्न सक्छ ।

यस्तै पहिलो खेलमा चितवन राइनोजलाई हराएको लुम्बिनी दोस्रो खेलमा कर्णाली याक्सका मार्क वाटले शानदार शतक बनाएपछि ‘आउटप्लेड’ भएको थियो । उक्त हारबाट माथि उठ्ने प्रयास लुम्बिनीको हुनेछ ।

यी दुई टोली गत संस्करण एकपटक खेलेका थिए जहाँ काठमान्डु गोर्खाजले १०३ रनको योगफल डिफेन्ड गर्दै लुम्बिनीलाई ८५ रनमा अलआउट गरेर १८ रनले खेल जितेको थियो ।

अंकतालिकामा काठमान्डु तेस्रो स्थानमा छ भने लुम्बिनी चौथो स्थानमा छ । दुवै टोलीको समान २ अंक भएपनि नेटरनरेटमा काठमान्डु अघि छ ।

एनपीएल एनपीएल क्रिकेट एनपीएल २०२५
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय