News Summary
Generated by OK AI. Editorially reviewed.- यूएईमा जारी एसीसी यू-१९ प्रिमियर कपमा साउदी अरेबियाले ५० ओभरमा ९ विकेट गुमाएर २१८ रन बनाएको छ।
- साउदीका मोहम्मद जुबेरले सर्वाधिक ४८ रन बनाए भने मोहम्मद रेहानले ४१ र ओमेर अहमदले ३९ रन बनाए।
- नेपालका कप्तान अशोक धामीले ९ ओभरमा ३४ रन दिएर २ विकेट लिए भने दयानन्द मण्डल, सुशील रावल, सिब्रिन श्रेष्ठ र दर्श सोनारले १-१ विकेट लिए।
९ मंसिर, काठमाडौं । यूएईमा जारी एसीसी यू-१९ प्रिमियर कपमा पहिलो खेल खेलिरहेको नेपाललाई साउदी अरेबियाले मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको साउदी अरेबियाले ५० ओभरमा ९ विकेट गुमाएर २१८ रन बनाएको हो ।
साउदीका लागि मोहम्मद जुबेरले सर्वाधिक ४८ रन बनाए । मोहम्मद रेहानले ४१ रन बनाए । ओमेर अहमदले ३९ रन बनाए ।
नेपालका लागि कप्तान अशोक धामीले ९ ओभरमा ३४ रन दिएर २ विकेट लिए । दयानन्द मण्डल, सुशील रावल, सिब्रिन श्रेष्ठ र दर्श सोनारले १-१ विकेट लिए ।
प्रतिक्रिया 4