News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेता अनुपविक्रम शाहीले बलिउड डेब्यू फिल्म ‘ब्याटल अफ गलवान’ को छायांकन पूरा गरेको बताएका छन्।
- अनुपविक्रमले सलमान खानलाई ‘सर्वकालिन महान’ अर्थात ‘गोट’ को संज्ञा दिएका छन्।
- फिल्मको छायांकन लद्दाख र मुम्बईको मेहबुब स्टुडियोमा गरिएको छ र अनुपविक्रमले खलनायकको भूमिका निभाएका छन्।
काठमाडौं । अभिनेता अनुपविक्रम शाहीले आफ्नो बलिउड डेब्यू फिल्म ‘ब्याटल अफ गलवान’ को छायांकन पूरा गरेका छन् । सलमान खानसँगको फोटो सेयर गर्दै उनले सामाजिक सञ्जालमार्फत यसबारे जनाएका छन् ।
सलमानलाई ‘सर्वकालिन महान’ अर्थात ‘गोट’ को संज्ञा दिँदै अनुपविक्रमले आफूले भेटेकामध्ये सलमान सबैभन्दा दयालु हृदयको रहेका बताएका छन् ।
आफ्नो जीवनले पूर्णता प्राप्त गरेको उल्लेख गर्दै अनुपविक्रमले यसलाई आफ्नो जीवनको अविष्मरणीय अध्यायको रुपमा अथ्र्याएका छन् ।
अनुपविक्रम लेख्छन्, ‘ब्याटल अफ गलवान’ को छायांकन टुंगिएको छ । उनलाई पर्दामा हेर्दै हुर्किएदेखि लिएर यसमा काम गरेसम्म, दिग्गज, द गोट र दयालु आत्मामध्ये एक । मेरो जीवन साँच्चै पूर्ण चक्रमा आयो, र मभित्रको बाल्यवस्था यो भन्दा खुसी हुन सक्दैन । यो अविस्मरणीय अध्याय र उनको प्रतिभा मात्र होइन, उनको हृदय पनि हेर्ने मौकाको लागि आभारी छु ।’

फिल्मको छायांकन लद्दाखसहित मुम्बईको मेहबुब स्टुडियोमा गरिएको छ । भारतीय संचारमाध्यमले यसअघि फिल्ममा सलमानसँग अनुपविक्रमको १३ मिनेटको फाइट रहेको बताएका थिए । फिल्ममा अनुपविक्रमले खलनायकको भूमिका निर्वाह गरेको द भाष्करले उल्लेख गरेको छ ।
प्रतिक्रिया 4