+

भिटिन्हाको ह्‍याट्रिकमा टोटनहामविरुद्ध पीएसजीको जित

२०८२ मंसिर  ११ गते ७:५४ २०८२ मंसिर ११ गते ७:५४
भिटिन्हाको ह्‍याट्रिकमा टोटनहामविरुद्ध पीएसजीको जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फ्रेन्च क्लब पेरिस सेन्ट-जर्मेनले युरोपियन च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब टोटनहामलाई ५-३ गोलअन्तरले पराजित गरेको छ।
  • खेलमा भिटिन्हाले ह्याट्रिक पूरा गर्दै पीएसजीको जितमा मुख्य भूमिका खेलेका थिए भने टोटनहामले दुईपटक अग्रता लिएको थियो।
  • जितपछि पीएसजी ५ खेलमा १२ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ भने टोटनहाम ८ अंकसहित १६औं स्थानमा छ।

११ मंसिर, काठमाडौं । भिटिन्हाको ह्‍याट्रिक मद्दतमा युरोपियन च्याम्पियन्स लिग फुटबलमा फ्रेन्च क्लब पीएसजीले इंग्लिस क्लब टोटनहाममाथि जित हासिल गरेको छ ।

८ गोल भएको रोमाञ्चक खेलमा पीएसजी ५-३ गोलअन्तरले विजयी भएको हो । पहिलो हाफ १-१ को बराबरीमा सकिएको भएपनि दोस्रो हाफमा थप ६ गोल भएका हुन् ।

खेलमा सुरुवाती अग्रतादेखि दुईपटकसम्म टोटनहामले अग्रता लिएको भएपनि जित हासिल गर्न भने सकेन ।

३५औं मिनेटमा रिचार्लिसनले गोल गर्दै टोटनहामलाई अग्रता दिलाएका थिए । ४५औं मिनेटमा पीएसजीका भिटिन्हाले बराबरी गोल गरेपछि पहिलो हाफ १-१ मा सकिएको थियो ।

दोस्रो हाफको ५०औं मिनेटमा रान्डल कोलो मुआनीले गोल गर्दै टोटनहामलाई फेरि अग्रता दिलाए । त्यसको ३ मिनेटपछि भिटिन्हाले पुन: गोल गर्दै खेल बराबरीमा ल्याए ।

५९औं मिनेटमा फाबियन रुइज र ६५औं मिनेटमा विलियन पाचोले गोल गर्दा पीएसजी ४-२ ले अघि बढ्यो ।

७२औं मिनेटमा कोलो मुआनीले फेरि गोल गर्दै टोटनहामलाई खेलमा फेरि फर्काउने संकेत दिए । तर ७६औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै भिटिन्हाले ह्‍याट्रिक पूरा गरे र पीएसजी ५-३ ले विजयी भयो ।

जितपछि च्याम्पियन्स लिग अंकतालिकामा ५ खेलमा १२ अंकसहित पीएसजी दोस्रो स्थानमा उक्लिएको छ । ८ अंक भएको टोटनहाम १६औं स्थानमा छ ।

अन्य खेलहरूमा रियल मड्रिडले ओलम्पियाकसलाई ४-३ गोलअन्तरले हराउँदला लिभरपुल पीएसभी इन्डोभेनसँग ४-१ ले पराजित भयो ।

आर्सनलले बायर्न म्युनिख माथि ३-१ को जित हासिल गर्‍यो ।

युरोपियन च्याम्पियन्स लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय