+

सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले बलिङ गर्दै

२०८२ मंसिर  ११ गते ११:४३ २०८२ मंसिर ११ गते ११:४३
सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले बलिङ गर्दै

११ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आजको पहिलो खेलमा सुदूरपश्चिमले टस जितेर बलिङ रोजेको छ ।

सदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिले बलिङ रोजेपछि लुम्बिनी लायन्सले ब्याटिङ सुरु गरेको छ ।

आज लुम्बिनी लायन्सले एक परिवर्तन गरेको छ । विदेशी खेलाडी जेजे स्मिथको स्थानमा लुम्बिनीले थोमस ड्राकालाई खेलाएको छ ।

सुदूरपश्चिम रोयल्सले भने अघिल्लो खेलबाट कुनै पनि परिवर्तन गरेको छैन ।

अंकतालिकामा हाल सुदूरपश्चिम रोयल्स ३ खेलमा ६ अंकसहित शीर्षस्थानमा छ भने लुम्बिनी लायन्स ३ खेलमा २ अंकसहित छैटौं स्थानमा छ ।

दुई टोलीबीच गत संस्करण भएको खेलमा सुदूरपश्चिम विजयी भएको थियो ।

एनपीएल लुम्बिनी लायन्स सुदूरपश्चिम रोयल्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय