+
+
WC Series
लुम्बिनी लायन्स 2025
143/10 (19.4)
VS
सुदूरपश्चिम रोएल्स 2025
0/0
Shares
बक्सअफिस :

‘परान’ बन्यो आठौं धेरै कमाउने नेपाली फिल्म, कुनलाई उछिन्यो ?

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ११ गते १३:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दीपक आचार्य ‘काकु’ निर्देशित फिल्म ‘परान’ले प्रदर्शनको २७ औं दिनसम्म १५ करोड ३२ लाख नेरु ग्रस कमाएको छ।
  • ‘परान’ले ‘छक्कापञ्जा ५’, ‘छक्कापञ्जा २’ र ‘कोहिनूर’को कमाइलाई उछिनेको छ।
  • ‘परान’ले सर्वकालिन आठौं धेरै कमाउने नेपाली फिल्मको स्थान ओगटेको छ र पाँचौं सप्ताहन्तमा ‘छक्कापञ्जा १’ र ‘महाजात्रा’को कमाइ उछिन्ने प्रक्षेपण छ।

काठमाडौं । दीपक आचार्य ‘काकु’ निर्देशित फिल्म ‘परान’ ले घरेलु बक्सअफिसमा एकपछि अर्को व्यवसायिक कीर्तिमान रचिरहेको छ । यो फिल्म सर्वकालिन आठौं धेरै कमाउने नेपाली फिल्म बनेको छ ।

प्रदर्शनको २७ औं दिन बुधबारसम्म सिनेपाः बक्सअफिसमा यसले १५ करोड ३२ लाख नेरु ग्रस कमाएको छ ।

नीर शाह स्टारर फिल्मले ‘छक्कापञ्जा ५, छक्कापञ्जा २ र ‘कोहिनूर’ को कमाइलाई उछिनेको छ । कमाइमा उछिनेसँगै ‘परान’ धेरै कमाउने नेपाली फिल्मको सूचीमा ८ औं स्थानमा उभिएको हो ।

कमाइको यो गति कायम रहे फिल्मले पाँचौ सप्ताहन्तमा ‘छक्कापञ्जा १’ र ‘महाजात्रा’ को कमाइलाई उछिन्ने प्रक्षेपण गरिएको छ । यी दुई फिल्मसँग ‘परान’को व्यवसायिक दूरी त्यति टाढा छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?