+

एनपीएल : आजको दोस्रो खेलमा पोखराले टस जितेर ब्याटिङ गर्दै

२०८२ मंसिर  ११ गते १५:४८ २०८२ मंसिर ११ गते १५:४८
एनपीएल : आजको दोस्रो खेलमा पोखराले टस जितेर ब्याटिङ गर्दै

११ मंसिर, काठमाडौं । आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले पहिले ब्याटिङ गर्दैछ ।

एभेन्जर्सका कप्तान कुशल भुर्तेलले टस जितेर पहिले ब्याटिङ रोजेका हुन् । जनकपुरले बलिङको निम्तो पाएको छ ।

पोखरा एभेन्जर्सले आज एक परिवर्तन गरेको छ । अभिषेक तिवारीको स्थानमा तृतराज दास पहिलो रोजाइमा परेका छन् ।

जनकपुरले भने आज तीन परिवर्तन गरेको छ । लाहिरु मिलान्था, संगिथ कुरे र आदित्य महताको स्थानमा आज वाने माज सादाकत, वायने पार्नेल र शुभ कंसाकार पहिलो रोजाइमा खेल्दैछन् ।

यी दुवै टोलीले यसअघि दुई/दुई खेल खेलेका छन् । दुवै टोलीले अंक जोड्न सकेका छैनन् ।

एनपीएल जनकपुर बोल्टस् पोखरा एभेन्जर्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय