१२ मंसिर, वीरगञ्ज । प्रहरीले स्रोत नखुलेको १० लाख रुपैयाँ रकमसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत बिहार राज्य मोतीहारी थाना रक्सौलका ५३ वर्षीय सुरेन्द्र साह रहेका छन् ।
विशेष सूचनाका आधारमा प्रहरीले बिहीबार वीरगञ्ज महानगर–१६ स्थित रजतजयन्तीचोकबाट उनलाई पक्राउ गरेको हो ।
मधेश प्रदेश ०३ ०२५ प ९८०७ नम्बरको मोटरसाइकलमा सवार उनीमाथि जाँच गर्ने क्रममा उक्त रकम बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका साहको विषयमा थप अनुसन्धान भइरहेको पर्सा प्रहरीका प्रवक्ता राजु कार्कीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4