१६ मंसिर, जनकपुरधाम । नेकपा एमालको एघारौं महाधिवेशन प्रतिनिधि चयनका लागि महोत्तरी क्षेत्र नम्बर १ मा भएको मतदानमा संस्थापन पक्ष निर्वाचित भएको छ ।
१० जना महाधिवेशन प्रतिनिधि छनोटका लागि सोमबार भएको मतदानमा ९ जना संस्थापन पक्षका विजयी भएको एक नेताले बताए ।
सो मतदानमा इतर पक्षले पराजय बेहोरेको छ । महोत्तरी क्षेत्र नं. १ (क)बाट दुईपटक प्रत्यक्ष निर्वाचित प्रदेश सांसद शारदा देवी थापा समेत महाधिवेशन प्रतिनिधिमा पराजित भएकी छन् । उनी ३ मत अन्तरले पराजित भएकी हुन् ।
प्रदेश सांसद थापाले इतर पक्षको नेतृत्व गरेकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4