१६ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजले टस जितेर पहिले ब्याटिङ गर्दैछ ।
पहिले ब्याटिङ रोजेको चितवनले आजको खेलका लागि दुई परिवर्तन गरेको छ । दीपक बोहरा र रिजन ढकालको स्थानमा अमरसिंह राउटेला र आइकोनिक खेलाडी सौगात ढकाल खेल्दै छन् ।
चितवन राइनोज भने विदेशी खेलाडीमा बढी डिपेन्डेन्ट देखिएको छ । पहिलो खेल जितेपछि दोस्रो खेल हारेको चितवन तेस्रो खेलमा विजयी भएर चौथो खेलमा फेरि पराजित भएको थियो ।
जनकपुरले पनि आजको खेलका लागि दुई परिवर्तन गरेको छ । ललित राजवंशी र किशोर महतोको स्थानमा अनिल साह र सचिन भट्ट टोलीमा आएका छन् ।
जनकपुरले अघिल्लो खेलमा कप्तान अनिल साहलाई नै बेन्चमा राखेर दक्षिण अफ्रिकी खेलाडी वायन पार्नेललाई कप्तानी दिएको थियो । तर, नतिजा भने परिवर्तन गर्न सकेको थिएन ।
जनकपुरले काठमान्डु गोर्खाज, विराटनगर किङ्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्ससँग हार बेहोरेको छ । यो खेल जितेर जनकुर गणितीय हिसाबले भए पनि प्लेअफको दौडमा कायम रहन चाहन्छ ।
चितवनले कर्णाली याक्सलाई पहिलो खेलमा हराएपछि लुम्बिनी लायन्ससँग पराजित भएको थियो भने त्यसपछि विराटनगरलाई हराउँदा काठमान्डु गोर्खाजसँग पराजित भयो । चितवनले यसपछि सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्ससँग खेल्न बाँकी छ ।
अर्कोतर्फ ४ खेलमा २ जितसहित ४ अंक जोडेको चितवन आजको खेल जितेमा प्लेअफ पुग्नका लागि सहज अवस्थामा रहनेछ । चितवन पराजित भएमा बाँकी दुवै खेल जितेर अर्को नतिजा हेर्नुपर्ने वा नेटरनरेटको सवाल आउन सक्छ ।
जनकपुरका लागि यस खेल निकै महत्वपूर्ण छ । सुरुवाती ४ खेलमा लगातार हार बेहोरेको जनकपुरले अब बाँकी ३ वटै खेल जितेर पनि अन्य नतिजामा भर पर्नुपर्ने अवस्था छ । आज पराजित भएमा बाहिरिनेछ ।
प्रतिक्रिया 4