+
+
WC Series
विराटनगर किंग्स 2025
122/6 (18.2)
VS
लुम्बिनी लायन्स 2025
0/0
Shares

मधेशमा नयाँ सरकार गठनको आह्वान

प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई दाबी पेश गर्न आह्वान गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १७ गते १७:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि बहुमत प्राप्त सदस्यले दाबी पेश गर्न आह्वान गर्नुभएको छ।
  • नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादव नेतृत्वको सरकारले २२ दिनमै राजीनामा दिएको छ।
  • सर्वोच्च अदालतको आदेशपछि विश्वासको मत नपाउने निश्चित भएपछि यादवले राजीनामा घोषणा गर्नुभएको हो।

१७ मंसिर, जनकपुरधाम । मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान भएको छ ।

प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई दाबी पेश गर्न आह्वान गरेका छन् ।

आगामी शुक्रबार साँझ ५ बजेसम्म दाबी पेश गर्न समय सीमा तोकिएको छ । संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको हैसियतमा गठन भएको नेकपा एमाले संसदीय दलको नेता सरोजकुमार यादव नेतृत्वको सरकारले राजीनामा दिएपछि नयाँ सरकार गठनको लागि आह्वान गरिएको हो ।

गत २४ कात्तिकमा बर्दिबासको पानस होटेलमा शपथ लिएर मुख्यमन्त्री बनेका यादवले २२ दिनमै राजीनामा दिएका हुन् । सर्वोच्च अदालतले २४ घण्टा भित्र विश्वासको मत लिनु भन्ने सर्वोच्च अदालतको परमादेशपश्चात डाकिएको प्रदेश सभा बैठकमा विश्वासको मत नपाउने निश्चित भएपछि यादवले बुधबार राजीनामा घोषणा गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?