News Summary
Generated by OK AI. Editorially reviewed.- एआईबाट सिर्जित नेपाली गीत ‘पहिलो हाँसो पहिलो बोल’ सामाजिक सञ्जाल र प्रशंसकमा भाइरल भई लाखौं भिडियो बनेका छन्।
- गायक उर्गेन दोङले उक्त गीत भाइरल भएपछि आफ्नो गीत रिलिज नगरी ‘होल्ड’मा राख्नुपरेको बताएका छन्।
- उनीहरूले भने, 'एआईले संगीत बनाउन सजिलो बनाएको छ तर मर्मस्पर्शी गीत बनाउन सक्दैन' र एआईको सदुपयोग आवश्यक रहेको बताए।
काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बाट सिर्जित नेपाली गीत ‘पहिलो हाँसो पहिलो बोल’ अहिले चर्चामा छ । सामाजिक सञ्जाल मात्र होइन, धेरै प्रशंसकको ओठमा गीत झुन्डिएको छ ।
रिलिज भएको महिनौं बितिसक्दा यसमाथि लाखौं भिडियो बनेका छन् । यो गीतमाथि अहिलेका चर्चित नेपाली संगीतकर्मीले टिकटक र रिल्स बनाएका छन् । कतिपयले यो गीतको कारण दबाब महसुस गरिरहेको बताएका छन् ।
यीमध्ये एक हुन् अहिलेका चर्चित र लोकप्रिय गायक उर्गेन दोङ । हालैको एक पडकास्टमा उनले उक्त गीत भाइरल भैदिँदा आफूले रिलिज गर्न लागेको गीत नै ‘होल्ड’मा राख्नुपरेको बताएका छन् ।
उनले भनेका छन्, ‘त्यसले गर्दा मैले आफ्नो गीत पनि होल्डमा राखेँ के, रिलिज नगरेर । संसार नै एआईको गीतमा झुमिराखेको छ । मेरो गीत कहाँ सुन्ला र भन्ने मलाई फिल भयो ।’
उनले अघि भने, ‘गीत जसले पनि बनाउँछ आफ्नो ठाउँमा छ । मनछुने गीत, मन छुने शब्द । त्यो चाहिँ कसरी बनायो, म छक्क परेँ ।’ उनले एआईले संगीतकर्मीलाई पार्ने प्रभावको बारेमा कुरा पनि गरेका छन् ।
‘कस्तो सजिलो भैदियो के, जसले पनि म्युजिक बनाउन मिल्यो के अब । लिरिक्स पनि मलाई यस्तो टाइपको लिरिक्स चाहियो भन्यो, स्वाट्ट एआई च्याटजिपिटीले लेख्दिहाल्छ । त्यही लिरिक्सलाई कपी गरेर उता हाल्दियो’ भन्छन्, ‘गीत बनिहाल्यो । जो पनि कम्पोजर हुने भो । गीत बन्यो आफ्नो ठाउँमा छ, राम्रो गीत बनाइदियो के एआईले ल ।’
आफूले पनि एआईबाट गीत सिर्जना गर्न कोसिस गरेको उनले बताए । ‘
‘मैले पनि ट्राई गरेँ एआईबाट । क्या मीठो बनाइदेको ल । कहाँ जाँदैछ यो म्युजिक है । सबै चीजहरू क्या । कस्तो अचम्म लाग्यो । यस्तो पनि दिन आयो भन्ने क्या’ उनले भने ।
संगीतकर्मीले एआईको सदुपयोग गर्न सक्ने बताउदै दोङले एआईले मान्छेको जस्तो मर्मस्पर्शी गीत चाहिँ बनाउन नसक्ने बताए ।
‘यसलाई राम्रो पाराले युज गर्यो भने धेरै राम्रो चीज हो । अब म्युजिसियनले पनि टक्क एआईलाई यूज गरेर उसलाई रिफ्रेन्स लिन पायो । यदि त्यसो भयो भने, मनबाट जुन चीज निस्कन्छ, त्यो चाहिँ नआउला कि जस्तो चाहिँ लाग्छ’ उनले भने ।
उनले समयको मागअनुसार चल्नुपर्ने पनि बताए । ‘तर, अब समयको मागअनुसार चल्नै पर्यो नि । अहिले टिकटकमा भाइरल भैरहेको गीत यस्तो हुन्छ भनेर कसैले पनि सोचेको थिएन होला के एआईले बनाएको गीत देशब्यापी यस्तो पाराले हिट हुन्छ भनेर’ उनले भने ।
उक्त हिट गीत आफूले खोजी खोजी डाउनलोड गरेर राखेको पनि उनले बताए । ‘कुनै सिंगरले गाएको थियो भने, त्यो मान्छेको करिअर बन्थ्यो । त्यो गीत मैले शुद्ध खोजी खोजी डाउनलोड गरेर राख्या छु’ उनले भने ।
प्रतिक्रिया 4