+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares
कविता :

३६ वर्षे बहुदल

पुरुषोत्तम लोहनी पुरुषोत्तम लोहनी
२०८२ मंसिर २६ गते १३:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बहुदल व्यवस्थाले ३६ वर्ष पूरा गर्दा पनि देशमा सुख-समृद्धि र शान्ति नआएको जनाइएको छ।
  • जनतालाई भ्रममा पारेर भ्रष्टाचार र विकृति फैलिएको र सार्वजनिक ऋणको बोझ बढेको आरोप लगाइएको छ।
  • २१ गतेको चुनावमा राम्रा नेताहरू भित्र्याएर देशलाई गति दिनुपर्ने आवश्यकता औँल्याइएको छ।

३६ वर्ष पुग्न लाग्यो हजुर बहुदल आई सुख-समृद्धि र शान्ति आउँछ भनेको ,
खोइ त हजुर देश वा राज्य चलाउने ले आफ्नो बाचा-कसम पुरा गरेको,

जनतालाई उक्साएर-मिलाएर झूट र भ्रमको विस्वास दिलाउने बानी पारेको,
त्यही भएर जे गर्दा पनी हुन्छ हामिले भन्ने गलत मनसायले विकृति फैलाएको,

स्वास्थ्य,शिक्षा,कृषि जन्य बस्तु र सेवाहरु उपभोग गर्नै नसक्ने किन बनाएको??
यहि मौका हो, मिलेर लुट्ने,सक्नेले लुट्ने भनि प्रचार गरि भष्ट्राचार मौलाएको,

पुरुषोत्तम लोहनी३६ बर्षमा पटके पारामा सम्माननीय, माननीय, मन्त्री, सरकारी पद-दर्जा र सम्पत्तिमा रेकर्ड बनाएको,
केही बिचौलिया,आफु र आफ्ना लाई फाइदा हुने गरि, हामीलाई किन सार्वजनिक ऋणको बोझ बोकाएको??

भाषण, शासन,आस्वासन र अर्को लाई दोष दिई र म मात्रै राम्रो भनि खोई त काम गरेको,
देशलाई गति वा निकास दिन नसक्ने क्षमता भएका मानिसहरूले किन लाभको वा ठूलो पद ओगटेको,

देश अब कुनै पनी भष्ट्राचार र आन्दोलनको धक्का थेग्न नसक्ने गरी सिथिल अवस्थामा किन पुराएको??
के लान्छौं र तिमीले मलामी बाहेक त्यो आर्यघाटमा जिवन भरी भौतिक बस्तुहरु अकुत कमाएको,

२१ गतेको चुनावमा राम्रा नेता भित्राउँने सिजन आईरहेको,
अब त केही गर देश चलाउने हो,
हरेक नेपाली जिवित आत्माहरु ले सुख-समृद्धि र शान्ति खोजिरहेको,

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?