News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ माल्दिभ्सको भिक्टोरी स्पोर्ट्स क्लबमा अनुबन्ध भएका छन्।
- किरणले मंगलबार बंगलादेश पुलिस एफसी छाडेपछि माल्दिभ्सको क्लबमा आबद्ध भएको जानकारी सामाजिक सञ्जालमार्फत दिएका हुन्।
- अखिल नेपाल फुटबल संघले पुष २५ गतेदेखि राष्ट्रिय लिग गर्ने र त्यसपछि शहीद स्मारक ए डिभिजन लिग आयोजना गर्ने निर्णय गरेको छ।
२६ मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङ माल्दिभ्सको भिक्टोरी स्पोर्ट्स क्लबमा अनुबन्ध भएका छन् ।
उनले शुक्रबार सामाजिक सञ्जालमार्फत भिक्टोरीमा आबद्ध भएको जानकारी गराएका हुन् । यसअघि उनले मंगलबार बंगलादेशको बंगलादेश पुलिस एफसी छाडेको जानकारी गराएका थिए ।
किरणले बंगलादेश क्लब छाडेपछि उनले नेपालकै कुनै क्लबबाट खेल्ने सम्भावना रहेको चर्चा चलेको भएपनि माल्दिभ्सको क्लब जोइन भएका हुन् ।
उनले यसअघि पनि माल्दिभ्समा खेलिसकेका छन् । माल्दिभ्सको टिसी स्पोर्ट्स क्लब र माजिया एस एण्ड आरसी दुवै क्लबबाट माल्दिभ्सको धिवेही प्रिमियर लिग जितेका छन् ।
नेपालमा नियमित घरेलु लिग नहुँदा कप्तान किरणसहित राष्ट्रिय टिमका ८ खेलाडी यसै सिजन बंगलादेशी लिग खेल्न विभिन्न क्लबमा अनुबन्ध भएका थिए । त्यसमध्ये किरण र आयुष घलान बंगलादेश पुलिस क्लबमा अनुबन्ध भएका थिए ।
२०७९/८० मा शहीद स्मारक ए डिभिजन लिग भएपछि नेपालमा पछिल्लो दुई सिजन ए डिभिजन लिग भएन भने यस सिजन पनि अझै अन्योल कायम छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले यस सिजन पुष २५ गतेदेखि राष्ट्रिय लिग गर्ने र त्यो सकिएपछि शहीद स्मारक ए डिभिजन लिग आयोजना गर्ने निर्णय गरेको छ । नियमित लिग नहुँदा नेपाली खेलाडीहरु विदेश पलायन हुने क्रम अझै रोकिएको छैन ।
किरण नेपाल, भारत र माल्दिभ्स तीन राष्ट्रको शीर्ष लिग जित्ने एक मात्र खेलाडी हुन् । उनले सन् २०१६ पछि विदेशी लिग खेल्दै आएका छन् । य
स्तै पहिलो सिजन नेपाल सुपर लिगमा धनगढी एफसीबाट खेलेका किरणले दोस्रो सिजन भने खेलेनन् ।
उनी नेपाली राष्ट्रिय टिमबाट १०० क्याप जित्ने पहिलो खेलाडी समेत हुन् ।
प्रतिक्रिया 4