२७ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेल सुरु भएको छ । साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स उपाधिका लागि भिडिरहेका छन् ।
फाइनल खेल हेर्न क्रिकेट प्रेमीहरूले उत्साहित छन् । टिकट शुक्रबार नै बिक्री भइसकेको थियो । दर्शकहरु त्रिवि रंगशाला भरिएको छ । रंगशाला बाहिर पनि दर्शकहरूको भीड लागेको छ ।
फाइनलमा सुदूरपश्चिमले पहिले ब्याटिङ गरिरहेको छ । सुदूरपश्चिमले आजको खेलका लागि २ परिवर्तन गरेको छ । मुख्तार अहमदको ठाउँमा पुनीत मेहरा आएका छन् भने मिलन बोहराको ठाउँमा दीपक बोहरा आएका छन् ।
लुम्बिनीले एक परिवर्तन गरेको छ । जेजे स्मिथको स्थानमा श्रीलंकन मोभिन शुभसिंहा आएका छन् । उनी पहिलो खेल खेल्दै छन् ।




प्रतिक्रिया 4