+

क्यामरन ग्रीन बने आईपीएलकै महँगा विदेशी खेलाडी

२०८२ पुष  १ गते १५:३६ २०८२ पुष १ गते १५:३६
क्यामरन ग्रीन बने आईपीएलकै महँगा विदेशी खेलाडी
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अस्ट्रेलियाका क्यामरन ग्रीन आईपीएल इतिहासकै सबैभन्दा महँगा विदेशी खेलाडी बनेका छन्।
  • कोलकाता नाइट राइडर्सले उनलाई २५ करोड २० लाख भारुमा अनुबन्ध गरेको छ।
  • नयाँ नियमअनुसार विदेशी खेलाडीले अधिकतम १८ करोड मात्र पारिश्रमिक पाउनेछन्।

१ पुस, काठमाडौं । अस्ट्रेलियाका अलराउन्डर क्यामरन ग्रीन इन्डियन प्रिमियर लिग (आईपीएल) इतिहासमै सबैभन्दा महँगा विदेशी खेलाडी बनेका छन् ।

मंगलबार भइरहेको आईपीएल अक्सनमा उनलाई कोलकाता नाइट राइडर्सले २५ करोड २० लाख भारुमा अनुबन्ध गरेको हो । यसअघि सन् २०२४ को आईपीएलका लागि भएको अक्सनमा अस्ट्रेलियाकै मिचेल स्टार्कलाई कोलकाताले २४ करोड ७५ लाख भारुमा किनेको थियो र उनी नै त्यसबेला सबैभन्दा महँगा थिए ।

ग्रीन २५ करोड २० लाख भारुमा अनुबन्ध भएपनि पूरा रकम भने पाउने छैनन् । नयाँ आईपीएल नियमअनुसार विदेशी खेलाडीका लागि अधिकतम पारिश्रमिकको सीमा तोकिएको छ। यो नियमअनुसार विदेशी खेलाडीले पाउने अधिकतम रकम अघिल्लो मेगा अक्सनको सबैभन्दा उच्च रिटेन्सन मूल्य बराबर मात्रै हुन सक्छ, जुन हाल १८ करोड रुपैयाँ हो।

यदि अक्सनमा कुनै टिमले यसभन्दा बढी बोली लगाए पनि त्यो अतिरिक्त रकम खेलाडीलाई दिइने छैन। उक्त अतिरिक्त रकम बीसीसीआईले खेलाडी कल्याण कोषका लागि प्रयोग गर्नेछ। यस नियमका कारण उनले १८ करोडभन्दा बढी रकम पाउने छैनन्।

यो नियमको उद्देश्य साना अक्सनमा विदेशी स्टार खेलाडीका कारण अत्यधिक मूल्य वृद्धि हुन नदिनु भएको बताइएको छ । यस नियमले भारतीय खेलाडीलाई भने असर पार्ने छैन, उनीहरूका लागि यस्तो कुनै सीमा लागू हुँदैन।

आईपीएलकै सबैभन्दा महँगा खेलाडी भने भारतकम रिषभ पन्त हुन् । उनलाई गत संस्करणको अक्सनमा लखनउ सुपर जायन्ट्सले २७ करोड भारुमा अनुबन्ध गरेको थियो ।

आईपीएल आईपीएल अक्सन आईपीएल क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय