Listen News
0:00
0:30
१ पुस, काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वका लागि साँझ ७ बजेबाट मतदान हुने भएको छ। पार्टी केन्द्रीय निर्वाचन आयोगले आज साँझ ७ बजेबाट मतदान हुने जानकारी गराएको हो ।
मतदान भोलि (पुस २) बिहान १ बजेसम्म चल्ने जानकारी गराइएको छ ।
यसअघि आज बिहान १२ बजेबाट मतदान सुरु हुने कार्यतालिका तय भएको थियो । तर, निर्वाचन कार्यतालिका संशोधन गरिएको हो ।
अब साँझ ७ बजेबाटै मतदानको काम सक्ने र रातभरमै निर्वाचनका कार्यक्रम सक्ने तयारी गरिएको छ।
स्थायी कमिटी सदस्य बिनोद श्रेष्ठका अनुसार, भृकुटीमण्डपमा बन्दसत्रका लागि आजसम्म मात्रै भाडामा लिइएको छ । सोही कारण पनि आजै मतदान सक्नेगरी तयारीमा जुटेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4