News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले एसीसी यू-१९ एसिया कपमा लगातार तेस्रो हार बेहोर्दै अफगानिस्तानसँग ६ विकेटले पराजित भएको छ।
- नेपालले दिएको १२५ रनको लक्ष्य अफगानिस्तानले २६.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको छ।
- नेपाल समूह बी मा तीन खेलमा हार व्यहोरेको छ र श्रीलंका तथा बंगलादेश सेमिफाइनलमा पुगेका छन्।
२ पुस, काठमाडौं । नेपालले एसीसी यू-१९ एसिया कपमा लगातार तेस्रो हार बेहोर्दै जितविहीन बनेको छ । समूह बीअन्तर्गत बुधबार भएको अफगानिस्तानसँगको अन्तिम खेलमा नेपाल ६ विकेटले पराजित भएको हो ।
नेपालले दिएको १२५ रनको लक्ष्य अफगानिस्तानले २६.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । उजेरुल्लाह नियाजाइले सर्वाधिक ६१ रन बनाए । ओस्मान सदातले २८ रन बनाए ।
नेपालका लागि अभिषेक तिवारीले २ विकेट लिँदा बिपिन शर्मा र चन्दन रामले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४६.४ ओभरमा १२४ रनमा अलआउट भएको थियो ।
दिल्साद अलीले सर्वाधिक ३२ रन बनाए । चन्दन रामले २७ तथा अभिषेक तिवारीले २० रन बनाए । रोहन विकले १२ रन बनाए ।
नेपाल यसअघि पहिलो खेलमा श्रीलंकासँग ८ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा बंगलादेशसँग ७ विकेटले पराजित भएको थियो ।
समूह बी बाट श्रीलंका विजेता तथा बंगलादेश उपविजेताका रूपमा सेमिफाइनलमा पुगेका छन् ।
प्रतिक्रिया 4