+
+
Shares

सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदी हालसम्मकै उच्च

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३ गते १०:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले ३ पुसका लागि सुनको भाउ प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँ तय गरेको छ।
  • सुनको भाउ अघिल्लो दिनको तुलनामा ७ सय रुपैयाँले बढेको छ।
  • चाँदीको भाउ प्रतितोला २५ रुपैयाँले बढेर ४ हजार ८० रुपैयाँ पुगेको छ।

३ पुस, काठमाडौं । बिहीबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँ तय गरेको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा ७ सय रुपैयाँ बढी हो । अघिल्लो दिन २ लाख ५९ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । यसअघि गत सोमबार सुन हालसम्मकै उच्च प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँ पुगेको रेकर्ड छ ।

चाँदी आज तोलामा २५ रुपैयाँ बढेसँगै नयाँ रेकर्ड बनेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ५५ रुपैयाँमा चाँदीको कारोबार भएकोमा आज ४ हजार ८० रुपैयाँ पुगेको छ । दुई दिनयता चाँदीले उच्च मूल्य रेकर्ड बनाइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?