+
+
Shares

यी हुन् सन् २०२५ का लोकप्रिय कोरियाली श्रृंखला, शीर्ष ५ मा अटाएन ‘स्क्विड गेम’

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३ गते १७:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सन् २०२५ मा उत्कृष्ट दक्षिण कोरियाली सिरिजको शीर्ष ५ सूची सार्वजनिक भएको छ जसमा थ्रीलर र काल्पनिक कथा समावेश छन्।
  • शीर्ष ५ सिरिजमा 'व्हेन लाइफ गिव्स यू टेंजरिंग' आइएमडीबी रेटिङ ९.१ सहित पहिलो स्थानमा छ।
  • विश्वभर सबैभन्दा धेरै हेरिएको 'स्क्विड गेम' शीर्ष ५ सूचीमा समावेश छैन।

काठमाडौं । सन् २०२५ सकिन केही दिन मात्र बाँकी छ । पछिल्ला १२ महिनामा केही उत्कृष्ट कोरियाली श्रृंखला ओटीटीमा रिलिज भए । चाहे त्यो “व्हेन लाइफ गिव्स यू टेंजरिंग’ होस् वा “स्क्विड गेम’ को अन्तिम सिजन ।

तर, दर्शकमा छाप छाडेका शीर्ष ५ दक्षिण कोरियाली सिरिज छन्, जसमा थ्रीलर र काल्पनिक कथा समावेश थिए । यसवर्षका उत्कृष्ट कोरियन सिरिजको सूची सार्वजनिक भएको छ ।

रोचक कुरा के छ भने, विश्वभर सबैभन्दा धेरै हेरिएको वेब-सिरिज ‘स्क्विड गेम’ शीर्ष ५ सूचीमा समावेश छैन ।

हामी तपाईंलाई सन् २०२५ का सबै शीर्ष के-सिरिजहरूको शीर्ष ५ को बारेमा बताउन गइरहेका छौं । यसमा नेटफ्लिक्स र अन्य प्लेटफर्ममा स्ट्रिम हुने श्रृंखला समावेश छन् । यस्तो छ सूची :

१) व्हेन लाइफ गिव्स यू टेंजरिंग : आइएमडीबी रेटिङ ९.१

२) वीक हिरो : आइएमडीबी रेटिङ ८.४

३) द ट्रमा कोड- हिरो अन कल : आइएमडीबी रेटिङ ८.४

४) स्टडी ग्रुप : आइएमडीबी रेटिङ ८.२

५) वे ब्याक लभ : आइएमडीबी रेटिङ ८.१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?