+
+

गोली चलेपछि साहरुखको घर बाहिर प्रहरीले सुरक्षा बढायो

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ १० गते १२:०९

srk-in-mannat

बलिउडका सुपरस्टार नायक साहरुख खानको घर बाहिर मुम्बई प्रहरीले सुरक्षा बढाएको छ । साहरुखको घर बाहिर सुरक्षा बढाउनुको मुख्य कारण एक निर्माताको घरमा गोली चल्नु हो ।

फिल्म निर्माता करिम मोरानीको घरमा शनिबार गोली चलेको थियो । यस लगतै साहरुखको घर बाहिर सुरक्षाकर्मी तैनाथ गरिएको भारतीय चर्चित संचारमाध्यमहरुले जनाएका छन् ।

मोरानीको घर साहरुख निवास ‘मन्नत’ नजिकै पर्छ । यसकारण पनि उनको घरमा पनि हमला हुने आशंकमा प्रहरीले सुरक्षाकर्मी बढाएको हो । अन्डरवल्र्ड ग्याङस्टार रवि पुजारीले मोरानीसँग रकम मागेका थिए । यसलगतै उनको घरबाहिर ५ राउन्ड फायरिङ गरिएको थियो । प्रहरीको भनाई अनुसार अबको अर्को हमला साहरुख खानको घरमा हुनसक्छ । साहरुख र करिम विजनेश पार्टनर समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?