Listen News
0:00
0:30
४ पुस, काठमाडौं । नेकपा एमालेले एक हप्ताभित्र संशोधित विधान प्रकाशन गर्ने भएको छ ।
दोस्रो पिवधान महाधिवेशनबाट संशोधित र राष्ट्रिय महाधिवेशनले गरेको संशोधन समेत समावेश गरी विधान सम्पादन तथा प्रकाशन गर्ने निर्णय महासचिव शंकर पोखरेलले प्रस्ताव गरेका हुन् ।
जारी केन्द्रीय कमिटी बैठकको हलले उक्त प्रस्ताव निर्णयार्थ पेश गरेको छ ।
‘पार्टीको दोस्रो विधान महाधिवेशनबाट संशोधित विधानमा राष्ट्रिय महाधिवेशनले गरेको संशोधन समेत समावेश गरी विधान सम्पादन तथा प्रकाशन गर्ने,’ महासचिव पोखरेलले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकमा प्रस्ताव गरेका छन् ।
त्यस्तै, नवनिर्वाचित पदाधिकारी एवं केन्द्रीय सदस्यलाई जिम्मेवारी प्रदान गर्ने अख्तियारी केन्द्रीय सचिवालयलाई प्रदान गर्ने प्रस्ताव पनि निर्णयका लागि प्रस्तुत भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4