News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले फागुन २१ मा निर्वाचन हुनैपर्ने बताएका छन्।
- उनले सुन्दरहरैंचा नगरपालिका–४ का स्थानीय नेता र कार्यकर्तासँग भेटघाटमा निर्वाचनका लागि पार्टीलाई तयार रहन निर्देशन दिएका छन्।
- डा. कोइरालाले निर्वाचनलाई संविधान बचाउने र मुलुकलाई सङ्क्रमणबाट जोगाउने माध्यम भनेका छन्।
४ पुस, बिराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले फागुन २१ मा निर्वाचन हुनैपर्ने बताएका छन् ।
आफ्नो निर्वाचन क्षेत्र मोरङ–६ अन्तर्गत सुन्दरहरैंचा नगरपालिका–४ का स्थानीय नेता एवं कार्यकर्तासँग आज भएको भेटघाटमा उनले सो कुरा बताएका हुन् ।
नेता कोइरालाले निर्वाचनका लागि तयार रहन पार्टीपङ्क्तिलाई निर्देशन दिँदै प्रजातन्त्रको जग निर्वाचन भएकाले कांग्रेस पार्टी निर्वाचनमा जान आतुर रहेको उल्लेख गरे ।
‘संविधान बचाउने र मुलुकलाई सङ्क्रमणबाट जोगाउने निर्वाचनले मात्रै हो’, उनले भने, ‘हामी त निर्वाचनको मिति कुरेर बसेका छौँ, तर सरकारको तयारी हेर्दा निर्वाचन हुनेमा आशङ्कासमेत जन्मिएको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4