+
+
Shares

‘अवतार ३’ ले विश्वभर ३६५ मिलियन डलर ओपनिङ गर्ने प्रक्षेपण

फिल्मले रिलिजअघि नेपालमा ७० लाख हाराहारीमा अग्रिम टिकट बिक्री गरेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ६ गते ११:४५
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेम्स क्यामरुन निर्देशित फिल्म 'अवतार : फायर एन्ड यश' ले पहिलो सप्ताहन्तमा विश्वव्यापी ३६५ मिलियन डलर कमाउने प्रक्षेपण गरिएको छ।
  • फिल्मले उत्तर अमेरिकामा पहिलो भागको ७७ मिलियन डलर ओपनिङलाई उछिन्न सक्ने तर दोस्रो भागको १३४ मिलियन डलर ओपनिङभन्दा कम रहने अपेक्षा गरिएको छ।
  • नेपालमा फिल्मले रिलिजअघि ७० लाख हाराहारी अग्रिम टिकट बिक्री गरेको र पहिलो सप्ताहन्तमा सुखद कमाइ गरेको अनुमान छ।

लस एन्जलस । जेम्स क्यामरुन निर्देशित फिल्म ‘अवतार : फायर एन्ड यश’ ले पहिलो सप्ताहन्त विश्व बक्सअफिसमा उछाल ल्याउने देखिएको छ । भेराइटीका अनुसार फिल्मले पहिलो सप्ताहन्त विश्वव्यापी ३६५ मिलियन डलर ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ ।

डिज्नीको विज्ञान कथामा आधारित फिल्मको तेस्रो सिक्वेलले शुक्रबार उत्तर अमेरिकास्थित ३,८०० थिएटरबाट ३६.५ मिलियन डलर कमाइ गरेको छ । आइतबारसम्म उत्तर अमेरिकामा ८५ देखि ९० मिलियन डलरसम्म कमाइ गर्ने अनुमान छ ।

फिल्मले उत्तर अमेरिकामा पहिलो भागको कमाइ (७७ मिलियन डलर) को ओपनिङलाई उछिन्न सक्ने प्रक्षेपण गरिएको छ । तर, दोस्रो भागको ओपनिङ कमाइ १३४ मिलियन डलरभन्दा तलै रहने अपेक्षा छ ।

ओपनिङ ठीकठाक रहेपनि अघिल्ला दुवै फिल्मले २ बिलियन डलरभन्दा धेरै कमाइ गरेका छन् । पहिलो भागले २.९२ बिलियन डलर कमाउँदै सर्वाधिक कमाउने सर्वकालिन फिल्मको कीर्तिमान राखेको छ ।

“अवतार : फायर एण्ड एश’ ले जेक सुली (स्याम वर्थिंगटन), नेटिरी (जो साल्दाना) र उनीहरूको परिवारलाई पछ्याउँछ जब उनीहरू एक अत्याचारी आगोले भरिएको शत्रुसँग लड्छन् ।

यो फिल्मले नेपालमा समेत पहिलो सप्ताहन्तमा सुखद कमाइ गरेको अनुमान छ । फिल्मले रिलिजअघि नेपालमा ७० लाख हाराहारीमा अग्रिम टिकट बिक्री गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?