News Summary
Generated by OK AI. Editorially reviewed.- आइसफल प्रडक्सनले सन् २०२६ का लागि फिचर फिल्म, सिरिज र सर्ट फिल्ममा काम गर्न कलाकारको अडिसन कल जारी गरेको छ।
- निर्माता रामकृष्ण पोखरेलले जुनसुकै लिङ्ग, उमेर र जात समूहका कलाकारले आवेदन दिन सक्ने जानकारी दिनुभयो।
- आवेदनका लागि परिचयात्मक भिडियो casting@icefallproductions.com मा पठाउनुपर्ने निर्माता पोखरेलले बताउनुभयो।
काठमाडौँ । ऐना झ्यालको पुतली, हल्कारा, रेड सुटकेसजस्ता जस्ता चर्चित र प्रेरक फिल्म निर्माण गरेको आइसफल प्रडक्सनले आफूले निर्माण गर्न लागेको नयाँ फिल्मको लागि कलाकार चाहिएको सूचना जारी गरेको छ ।
निर्माता रामकृष्ण पोखरेलले फिचर फिल्मसँगै सिरिज र सर्ट फिल्मका लागि पनि कलाकार चाहिएको बताएका छन् ।
‘हामीले सन् २०२६ मा फिचर फिल्मसँगै सिरिज र सर्ट फिल्म निर्माणलाई पनि गति दिने योजना बनाएका छौं । यसैका लागि हामीले अडिसन कल गरेका हौँ,’ पोखरेलले भने, ‘अडिसनबाट आएका प्रतिभालाई दुवै पक्षको समझदारीअनुसार काम गराउने योजना छ ।’
विदेशीका फिचर फिल्म, डकुमेन्ट्री र विज्ञापनका लागि लाइन प्रोड्युसरको काम गर्दै आएको आइसफल प्रडक्सनले निर्माण गरेका फिल्म विश्वका प्रतिष्ठित फेस्टिभलमा छनोट एवं पुरस्कृत भएका छन् ।
अडिसन कलमा आइसफलले मुख्य भूमिकादेखि सहायक भूमिकासम्मका लागि कलाकारको अडिसन लिइने जनाएको छ । यसका लागि जुनसुकै लिङ्ग, उमेर र जात समूहका कलाकारले पनि आवेदन दिन सक्नेछन् ।
आवेदन दिनका लागि आफ्नो परिचयात्मक भिडियो casting@icefallproductions.com मा पठाउनु पर्ने निर्माता पोखरेलले जानकारी गराएका छन् ।

प्रतिक्रिया 4