+
+
Shares

पीआर, हर्ष, अभिमन्यु, लोकन्ती, चिरागले कति कमाए ?

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ७ गते १२:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म 'परान'ले देशब्यापी १७ करोड ६१ लाख ५ हजार २८८ नेरु ग्रस कमाएको छ।
  • फिल्म 'पीआर'ले ५ पुससम्म ६ लाख ६८ हजार ६३३ नेरु ग्रस कमाएको छ।
  • फिल्म 'हर्ष'ले सोही अवधिसम्म २८ लाख ७८ हजार ५३६ नेरु ग्रस कमाएको छ।

काठमाडौं । यस साताको बक्सअफिस कलेक्सन विवरण सार्वजनिक भएको छ । पछिल्लो शनिबार अर्थात ५ पुससम्मको सिनेपाः बक्सअफिसको विवरण आएको हो ।

जसअनुसार, शोभित बस्नेत निर्देशित फिल्म ‘पीआर’ ले देशब्यापी ६ लाख ६८ हजार ६३३ नेरु ग्रस कमाएको छ । यसका २१०९ वटा टिकट बिकेका छन् ।

खगेन्द्र लामिछाने अभिनित ‘हर्ष’ ले सोही अवधिसम्म २८ लाख ७८ हजार ५३६ नेरु ग्रस कमाएको छ । यसका ८८६६ वटा टिकट बिकेका छन् ।

कामेश्वर चौरासिया स्टारर ‘अभिमन्यु’ ले २१ लाख ४८ हजार ७०२ नेरु ग्रस कमाएको छ । यसका ६८५० वटा टिकट बिकेका छन् ।

यशराज गाराच अभिनित ‘लोकन्ती’ ले ४ लाख १ हजार ३४० नेरु ग्रस कमाएको छ । यसका १३५७ टिकट बिकेका छन् ।

‘चिराग’ ले ६८ जार ४५० नेरु ग्रस कमाएको छ । यसका ३३० वटा टिकट बिकेका छन् ।

‘परान’ ले देशब्यापी १७ करोड ६१ लाख ५ हजार २८८ नेरु ग्रस कमाएको छ । यो फिल्मका ६ लाख २५ हजार ६२५ वटा टिकट विक्री भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?