+
+
Shares

तारिख बुझ्न चितवन जाँदै रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने तारिख बुझ्नका लागि चितवन जाँदैछन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ८ गते १३:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवनको साहरा सहकारी ठगी प्रकरणमा तारिख बुझ्न आज चितवन जिल्ला अदालत जान लागेका छन्।
  • लामिछाने बुध एयरको जहाजमार्फत चितवन जाँदैछन् तर खराब मौसमका कारण जहाज उडान नभएको छ।
  • उनी सोमबार काठमाडौँ जिल्ला अदालतमा पनि तारिख बुझेका थिए।

८ पुस, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने तारिख बुझ्नका लागि चितवन जाँदैछन् । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा धरौटीमा रिहा भएका उनी चितवनको साहरा सहकारीको ठगी प्रकरणमा तारिख बुझ्न आज चितवन जिल्ला अदालत उपस्थित हुन लागेका हुन् ।

उनी बुद्ध एयरको जहाजमार्फत चितवन जाँदैछन् । मौसम खराबीका कारण जहाज नउँडेको उनका स्वकीय सचिव अविनाश आचार्यले जानकारी दिए । ‘बिहान ९ बजेको टिकट थियो । मौसम खराब हुँदा अहिलेसम्म उडान भएको छैन’ उनले भने अनलाइनखबरसँग भने ।

यसअघि लामिछानेले सोमबार काठमाडौँ जिल्ला अदालतमा पनि तारिख बुझेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?