News Summary
Generated by OK AI. Editorially reviewed.- चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा नेपालले ४ अर्ब २४ करोड ६५ लाख ९४ हजार रुपैयाँ बराबरको स्याउ आयात गरेको छ।
- यस अवधिमा ३८ हजार २ सय ९३ टन स्याउ आयात हुँदा सरकारले ४१ करोड ८० लाख २५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।
- गत आवको सोही अवधिसँग तुलना गर्दा चालु आवमा स्याउ आयात १३.७८ प्रतिशतले वृद्धि भएको छ।
९ पुस, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा नेपालले सवा ४ अर्ब रुपैयाँ बराबरको स्याउ आयात गरेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकले चालु आव साउन-मंसिर अवधिमा ४ अर्ब २४ करोड ६५ लाख ९४ हजार रुपैयाँको स्याउ आयात भएको देखाएको छ ।
यो भनेको ३ करोड ८२ लाख ९३ हजार ६ सय २४ किलो अर्थात् ३८ हजार २ सय ९३ टन स्याउ आयात भएको छ ।
उक्त परिमाणमा स्याउ आयात हुँदा सरकारले ४१ करोड ८० लाख २५ हजार रुपैयाँ बराबर राजस्व संकलन गरेको छ ।
गत आव २०८१/८२ सोही अवधिमा ३ अर्ब ७३ करोड २२ लाख ४ हजार रुपैयाँको ३ करोड ६२ लाख ७३ हजार १ सय ४१ किलो (३६ हजार २ सय ७३ टन) स्याउ आयात गरेको थियो ।
गत आव सोही अवधिको तुलनामा चालु आव स्याउ आयात १३.७८ प्रतिशतले वृद्धि भएको तथ्यांकले देखाउँछ ।
प्रतिक्रिया 4