News Summary
Generated by OK AI. Editorially reviewed.- म्यान्चेस्टर सिटीले जनवरी ट्रान्सफरका लागि बर्नमाउथका फरवार्ड एन्टोइन सेमेन्योसँग वार्ता गरिरहेको छ।
- सेमेन्योको ६५ मिलियन पाउन्डको रिलिज क्लज जनवरीका पहिलो १० दिन मात्र सक्रिय रहनेछ।
- सेमेन्योको आगमनले साभिन्हो वा ओस्कार बोबमध्ये एक खेलाडी क्लबबाट बिदा हुन सक्ने सम्भावना छ।
९ पुस, काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटीले बर्नमाउथका फरवार्ड एन्टोइन सेमेन्योसँग जनवरी ट्रान्सफरका लागि वार्ता गरिरहेको छ। गत सिजन चोटका कारण ठूलो खर्च गर्नुपरेको सिटी यसपटक भने प्रिमियर लिग उपाधि दौडमा आर्सनललाई पछ्याउँदै टोली बलियो बनाउने योजनामा छ।
प्रशिक्षक पेप ग्वार्डिओलाले राइट विङलाई बलियो बनाउने हिसाबले योजना बनाइरहेका छन् । घानाका खेलाडी सेमेन्योको तीव्र गति र सिधा अट्याकिङ शैली सिटीका लागि उपयुक्त मानिएको छ। अन्य क्लबको चासो हुँदाहुँदै पनि उनले सिटी रोज्नु ग्वार्डिओलाका लागि सकारात्मक पक्ष भएको पनि सञ्चारमाध्यमहरूमा उल्लेख छ ।
यद्यपी सेमेन्योको आगमनले टोलीबाट एक खेलाडी बाहिरिन सक्छन्। साभिन्हो वा ओस्कार बोबमध्ये एकलाई क्लबले बिदा गर्न सक्ने सम्भावना छ। टोटनहमले साभिन्होका लागि गत समरमा वार्ता गरे पनि सम्झौता हुन सकेको थिएन, र जनवरीमा फेरि प्रयास हुन सक्ने अनुमान गरिएको छ।
सेमेन्योको ६५ मिलियन पाउन्डको रिलिज क्लज जनवरीका पहिलो १० दिन मात्र सक्रिय रहनेछ। ठूलो उपाधिका लागि प्रतिस्पर्धा गर्न सक्ने क्लब रोज्ने उनको चाहनाले यो ट्रान्सफर चाँडै टुंगिन सक्ने संकेत गरेको छ।
-बीबीसी स्पोर्ट्सबाट
प्रतिक्रिया 4