+
+
Shares

राष्ट्रिय सभाको अधिवेशन बोलाउन कांग्रेसको माग

नेपाली कांग्रेसले राष्ट्रिय सभाको अधिवेशन बोलाउन माग गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १० गते १७:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनपछि राष्ट्रिय सभाको अधिवेशन बोलाउन माग गरेको छ।
  • कांग्रेस राष्ट्रिय सभा संसदीय दलको बैठकले अबिलम्ब राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न सम्माननीय अध्यक्षलाई अनुरोध गर्ने निर्णय गरेको छ।
  • राष्ट्रिय सभाको अधिवेशन ३१ भदौमा अन्त्य भएको र सभामुखले पनि सरकारलाई अधिवेशन बोलाउन ध्यानाकर्षण गराइसकेको जानकारी दिइएको छ।

१० पुस, काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभाको अधिवेशन बोलाउन माग गरेको छ ।

बिहीबार कांग्रेस राष्ट्रिय सभा संसदीय दलको बैठक संसदीय दलको कार्यालय, सिंहदरबारमा बसेको थियो । उक्त बैठकले राष्ट्रिय सभाको अधिवेशन बोलाउन माग गर्ने निर्णय गरेको हो ।

कांग्रेस राष्ट्रिय सभा संसदीय दलका प्रमुख सचेतक कृष्ण बहादुर रोकायका अनुसार देशमा बदलिएको राजनीतिक बिषम परिस्थीतिबारे छलफल भएको छ ।

प्रतिनिधिसभा विघटन भएको अवस्थामा राष्ट्रिय सभाको बैठक बस्न आवश्यक भएको निष्कर्ष निकालिएकोे छ ।

बैठकले गरेको निर्णयमा भनिएको छ, ‘…प्रतिनिधि सभा विघटन भएको अवस्थामा जनताका आवाजहरु उठाउने सार्वभौम संघीय संसद अन्तर्गत राष्ट्रिय सभा मात्र कायम रहेको हुँदा राष्ट्रिय सभाको बैठक बस्न आवश्यक भएकोले अबिलम्ब राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न सम्माननीय अध्यक्षज्यूलाई सम्बन्धित निकायसँग माग गर्न अनुरोध गर्ने यो बैठक निर्णय गर्दछ ।’

२७ भदौमा प्रतिनिधिसभा विघटन भएको थियो । ३१ भदौमा राष्ट्रिय सभाको अधिवेशन पनि अन्त्य भएको थियो । प्रतिनिधिसभा विघटन भएर अर्को प्रतिनिधिसभाको निर्वाचनतर्फ मुलुक अगाडि बढेको छ ।

तर, यसबीचमा राष्ट्रिय सभाको बैठक बस्न सक्ने भएपनि सरकारले अधिवेशन आह्वान गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ ।

राष्ट्रिय सभाको अधिवेशन आह्वान नभएको विषयमा सभामुख देवराज घिमिरे लगायतले सार्वजनिक रुपमा समेत सरकारको ध्यानाकर्षण गर्दै आएका छन् ।

२१ मंसिरमा सिंहदरवारमा आयोजित संसद् सेवा दिवससँग सम्बन्धित कार्याक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रिय सभाको अधिवेशन बोलाउन र राष्ट्रिय सभालाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?