+
+
Shares

रोजमान महर्जनको स्वरमा ‘झरीपछिको इन्द्रेणी’ ले ल्यायो भजन

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ११ गते १३:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म ‘झरीपछिको इन्द्रेणी’ ४ पुसदेखि प्रदर्शनमा छ र शुक्रबारदेखि दोस्रो सातामा प्रवेश गरेको छ।
  • फिल्मले चर्चित नेवारी गायक रोजमान महर्जनको स्वरमा तयार भएको भजन गीत ‘धन्य धन्य लोकेश्वर’ सार्वजनिक गरेको छ।
  • फिल्मले देशको राजनीतिक अस्थिरता, जनतामा पारेको प्रभाव र नयाँ पुस्ताको आकांक्षा र आक्रोशलाई मुख्य कथावस्तु बनाएको छ।

काठमाडौं । ४ पुसदेखि प्रदर्शन भैरहेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ शुक्रबारदेखि दोस्रो सातामा प्रवेश गरेको छ । फिल्मले शुक्रबार चर्चित नेवारी गायक रोजमान महर्जनको स्वरमा तयार भएको भजन गीत ‘धन्य धन्य लोकेश्वर’ सार्वजनिक गरेको छ ।

भजन गीतमा महर्जनसहित रत्नशोभा महर्जन र दीपा महर्जनको स्वर छ । संगीत संयोजन सुरेन्द्र श्रेष्ठको छ । यो फिल्मबाट अभिनेता गणेश उप्रेतीले ९ वर्षपछि पुनरागमन गरेका हुन् ।

फिल्ममा रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, प्रियना आचार्य लगायतको अभिनय छ । फिल्मबाट विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यू गरेका छन् ।

पटकथा तथा संवाद गणेश कार्की र विशाल घिमिरेले लेखेका हुन् । अनिशा सेन्दाङ लिम्बु निर्मात्री हुन् । नागराज इन्टरटेनमेन्ट प्रालीको व्यानरमा निर्माण भएको फिल्मले देशको राजनीतिक अस्थिरता, जनतामा पारेको प्रभाव र नयाँ पुस्ताको आकांक्षा र आक्रोशलाई मुख्य कथावस्तु बनाइएको छ ।

फिल्ममा अनु थापा, पंकज खड्का, सिर्जना खड्का, सुवास शर्मा र राम कार्की सह-निर्माता तथा लाइन प्रोड्युसरमा योगेश खतिवडा र विनोद कँडेल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?