+
+
Shares

जेनजी आन्दोलनपछि पहिलोपटक बालुवाटार गए ओली

२४ भदौमा आन्दोलनले चर्को रुप लिएपछि ओली बालुवाटारबाटै राजीनामा दिएर बाहिरिएका थिए । उनी त्यो दिन नेपाली सेनाको हेलिकप्टर चढेर बाहिरिएका थिए । 

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १२ गते १५:३७

१२ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि पहिलोपटक बालुवाटार गएका छन् ।

गत २३ र २४ मा भएको जेनजीहरूको आन्दोलनपछि पदबाट अपदस्त भएका प्रधानमन्त्री ओली त्यसयता प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार गएका थिएनन् । जेनजी आन्दोलनका क्रममा ओली प्रधानमन्त्री थिए ।

२४ भदौमा आन्दोलनले चर्को रुप लिएपछि ओली बालुवाटारबाटै राजीनामा दिएर बाहिरिएका थिए । उनी त्यो दिन नेपाली सेनाको हेलिकप्टर चढेर बाहिरिएका थिए ।

त्यसयता, उनी आज पहिलोपटक बालुवाटार गएका हुन् ।

प्रचण्ड र ओली पनि जेनजी आन्दोलनपछि पहिलोपटक नै बालुवाटार पुगेका हुन् । यद्यपि उनीहरू त्यतिबेला पदमा थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?