+
+
Shares

सुनको भाउ नाघ्यो २ लाख ७० हजार, हालसम्मकै उच्च

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १३ गते ११:१४

१३ पुस, काठमाडौं । नेपाली बजारमा आइतबार पनि सुनको भाउले नयाँ रेकर्ड बनाउने क्रम जारी राखेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो कारोबार दिन आइतबारका लागि तोकिएको सुनको भाउ हालसम्मकै सर्वाधिक हो ।

यस दिन सुन प्रतितोला १ हजार ३ सय रुपैयाँ बढेर २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार पनि सुन तोलामा १ हजार ८ सय रुपैयाँ बढेर २ लाख ६९ हजार ३ सय रुपैयाँमा किनबेच भएको थियो ।

त्यसैगरी चाँदीको भाउले पनि आज तोलाको २ सय ७० रुपैयाँले बढेर ४ हजार ८ सय ३५ रुपैयाँ पुगेको छ ।

शुक्रबार चाँदी प्रतितोला ४ हजार ५ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?