१५ पुस, धनगढी । कैलालीको बर्दगोरिया गाउँपालिका-२ बौनियामा ट्याटु हाउसभित्र एक युवक मृत फेला परेका छन् ।
स्थानीय दिलीप ढुंगानाको घरमा सटर भाडामा लिएर ट्याटु हाउस सञ्चालन गर्दै आएका भजनी नगरपालिका-८ का अन्दाजी २५ वर्षीय सुमन चौधरी मृत भेटिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले चौधरी सटरभित्र मृत अवस्थामा फेला परेको बताए ।
उनी झुन्डिएको अवस्थामा भेटिए पनि अहिले आफन्त आइरहेकोले थप अनुसन्धान त्यसपछि मात्र अघि बढाइने डीएसपी सिंहले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4