+
+
Shares

सञ्चारमन्त्री खरेलले गरे ५० लाख ग्राहक जोडिने एनसेलको भोल्टे परियोजना उद्घाटन

भोल्टे एक नयाँ प्रविधि हो, यसले छिटो कनेक्ट हुने उच्च गुणस्तरको एचडी भ्वाइस कल सेवा प्रदान गर्दछ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १५ गते १५:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पोखराको एनसेल डाटा सेन्टरमा भोल्टे क्षमता अभिवृद्धि परियोजना उद्घाटन गर्नुभएको छ।
  • परियोजनाले आईपी मल्टिमिडिया सबसिस्टम प्रणालीको स्विच अन गरी भोल्टे र भ्वाइस ओभर वाइफाई सेवा विस्तार गरेको छ।
  • एनसेलले अब ५० लाख सक्रिय ग्राहकलाई छिटो कनेक्ट हुने उच्च गुणस्तरको एचडी भ्वाइस कल सेवा प्रदान गर्न सक्ने भएको छ।

१५ पुस, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आइतबार पोखराको एनसेल डाटा सेन्टरमा एनसेलको ‘भ्वाइस ओभर लङ टर्म इभोलुसन’ (भोल्टे) क्षमता अभिवृद्धि परियोजना उद्घाटन गरेका छन् ।

अत्याधुनिक सर्भर मार्फत भोल्टे र भ्वाइस ओभर वाइफाई (भोवाइफाई) सेवा प्रदान गर्न विस्तार गरिएको आईपी मल्टिमिडिया सबसिस्टम (आईएमएस) प्रणालीको स्विच अन गरी उनले औपचारिक रूपमा परियोजना उद्घाटन गरेका हुन् ।

अब एनसेलले यो डाटा सेन्टर मार्फत ५० लाख सक्रिय ग्राहकलाई भोल्टे सेवा दिन सक्ने भएको छ ।

भोल्टे एक नयाँ प्रविधि हो, यसले छिटो कनेक्ट हुने उच्च गुणस्तरको एचडी भ्वाइस कल सेवा प्रदान गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?