+
+
Shares

समानुपातिकको सूचीमा नातेदार राखेपछि कुलमानमाथि पार्टी बैठकमै प्रश्न

उज्यालो नेपालको केन्द्रीय समिति बैठकमा समानुपातिक उम्मेदवारको बन्दसूचीप्रति आपत्ति जनाउँदै केन्द्रीय सदस्यहरूले कुलमान घिसिङमाथि प्रश्न गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १५ गते २२:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठकमा समानुपातिक उम्मेदवारको बन्दसूचीप्रति आपत्ति जनाउँदै केन्द्रीय सदस्यहरूले कुलमान घिसिङमाथि प्रश्न उठाएका छन्।
  • केन्द्रीय सदस्य प्रवीण तामाङले कुलमानले समानुपातिक टिकट बेचेर आफन्तलाई उम्मेदवार बनाएको आरोप लगाएका छन्।
  • उज्यालो नेपाल पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकता गरी रास्वपाकै तर्फबाट समानुपातिक उम्मेदवारको सूची निर्वाचन आयोगमा बुझाएको छ।

१५ पुस, काठमाडौँ । उज्यालो नेपालको केन्द्रीय समिति बैठकमा समानुपातिक उम्मेदवारको बन्दसूचीप्रति आपत्ति जनाउँदै केन्द्रीय सदस्यहरूले कुलमान घिसिङमाथि प्रश्न गरेका छन् ।

काठमाडौँको बौद्धमा मंगलबार साँझदेखि जारी बैठकमा कुलमानले पैसा खाएर समानुपातिकतर्फ टिकट बेचेको आरोप लागेको हो । बैठकमा सहभागी एक नेताका अनुसार आदिवासी जनजातितर्फ पहिलो नम्बरमा रहेका डा. राम लामाको नाममा केन्द्रीय सदस्यहरूले आपत्ति जनाएका हुन् ।

केन्द्रीय सदस्य प्रवीण तामाङले समानुपातिकको टिकट कुलमानले बेचेको आरोप लगाएका हुन्।

उनलाई उदृत गर्दै बैठकमा सहभागी ती सदस्यले भने, ‘समानुपातिकमा आफन्तलाई उम्मेदवार बनाइएको छ। टिकट बेचेर उम्मेदवार बनेको हुँदा राम लामाको नाम फिर्ता लिनुपर्छ ।’

उज्यालो पार्टीका नेताहरूका अनुसार राम लामा कुलमानको भान्जा पर्छन् । अर्का केन्द्रीय सदस्य शंकर ढकालले कुलमानले मेरिटोक्रेसीको कुरा गरेर नेपोटिजम गरेको आरोप लगाए।

राष्ट्रिय स्वतन्त्र पार्टीले हिजो निर्वाचन आयोगमा पेस गरेको समानुपातिक उम्मेदवारको बन्द सूचीमा उज्यालो पार्टीतर्फका १८ जना परेका छन्।

कुलमानले आफन्त, सचिवालयमा काम गर्ने, छिमेकी लगायतको नाम समानुपातिकको बन्द सूचीमा राखेका छन् । उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक जारी छ ।

सोमबार साँझमात्रै उज्यालो नेपाल पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकता गर्ने सहमति भएको थियो । सोहीअनुसार रास्वपाकै तर्फबाट उम्मेदवारको सूची बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?