+
+
Shares

राप्रपा फर्किएका कमल थापाले भने- घरमा रमाइलो अनुभूति गरिरहेको छु

राप्रपासँग एकता गरेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफू घर फर्किएको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १६ गते १५:२७

१६ पुस, काठमाडौँ । राप्रपासँग एकता गरेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफू घर फर्किएको बताएका छन् ।

बुधबार काठमाडौँमा एक सभामार्फत दुई पार्टीको एकता घोषणा गरियो । उक्त सभालाई सम्बोधन गर्दै थापाले आफूले रमाइलो अनुभूति गरिरहेको बताएका हुन् ।

‘घर फर्किँदा म रमाइलो अनुभूति गरिरहेको छु । तर, यो भिडमा केही व्यक्तिको अनुपस्थिति मलाई खड्किरहेको छ । मेरो अभिन्न मित्र दीपक बोहोरा, बालराम घर्ती मगरलाई हामीले बिदा गर्‍यौँ । जनकपुरका कृष्णप्रताप मल्ले पनि हामीलाई छोडेर जानुभयो । उहाँहरू यहाँ भएको भए कति खुसी हुनुहुन्थ्यो होला,’ उनले भने, ‘यसैगरी घर फर्किँदा मसँग केही साथीहरू छुटेका छन् । यहीँ भएर छुटेका छन् कहिल्यै नआउने गरी संसारबाट बिदा भएका छन् । उहाँहरूको योगदान अमूल्य छ ।’

उनले एकतामा कुनै स्वार्थ नभएको पनि बताएका छन् । ‘यो एकता कुनै स्वार्थ, शर्त छैन । पार्टीका अध्यक्ष र वार्ताकारहरू जानकार हुनुहुन्छ । हाम्रो एउटै चाहना छ यो एकता गर्न हामी हतारिनुको पछाडि। बिनाशर्त पार्टी एकता गर्न हामी त्यसै तयार भएका होइनौँ,’ उनले भने, ‘हाम्रो एजेन्डा संकटमा छ । पहिलो हिन्दूराष्ट्र र राजतन्त्रको विचार संकटमा छ । देश संकटमा छ । हिन्दू राष्ट्र र राजसंस्थाको एजेन्डाको रक्षा । दोस्रो भ्रष्ट शासक र संयन्त्रबाट देशलाई मुक्त गर्ने ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?