+

एनभीए भलिबल च्याम्पियनसिप : महिलातर्फ सेमिफाइनल समिकरण पूरा, ६ टोली एनभीए लिगमा छनोट

२०८२ पुष  १६ गते १६:५७ २०८२ पुष १६ गते १६:५७
एनभीए भलिबल च्याम्पियनसिप : महिलातर्फ सेमिफाइनल समिकरण पूरा, ६ टोली एनभीए लिगमा छनोट

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नवौं एनभीए भलिबल च्याम्पियनसिप महिलातर्फ सेमिफाइनल समीकरण बुधबार समूह चरण सकिएपछि पूरा भएको छ।
  • महिलातर्फ पहिलो सेमिफाइनलमा न्यु डायमन्ड र एपीएफ क्लब शुक्रबार विहान ९ बजे खेल्नेछन्।
  • दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब शुक्रबार दिउँसो १२ बजे भिड्नेछन्।

१६ पुस, काठमाडौं । नवौं एनभीए भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फ सेमिफाइनल समीकरण पूरा भएको छ । बुधबार विहान समूह चरणका खेलहरू सकिएसँगै महिलातर्फ समूह चरणका सेमिफाइनल समीकरण पूरा भएको हो ।

महिलातर्फ पहिलो सेमिफाइनलमा समूह ए को विजेता न्यु डायमन्ड र समूह बी को उपविजेता एपीएफ क्लब खेल्नेछन् । खेल शुक्रबार विहान ९ बजे हुनेछ ।

दोस्रो सेमिफाइनलमा समूह ए को उपविजेता त्रिभुवन आर्मी क्लब र समूह बी को विजेता नेपाल पुलिस क्लब खेल्ने छन् । खेल शुक्रबार दिउँसो १२ बजे हुनेछ ।

यस्तै सेमिफाइनलमा पुगेका चार टोलीसहित समूह चरणमा तेस्रो भएका एभरेस्ट भलिबल क्लब र सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् १०औं पीएम कप एनभीए भलिबल लिगका लागि छनोट भएका छन् ।

एनभीए भलिबल च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय