+
+
Shares

जेनजीको नाममा धम्की दिने शाहीमाथि ८ तोला सुन ठगी र ११ लाख बैंकिङ कसुरको मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १७ गते ११:१०
Listen News
0:00
0:30
🔊

१७ पुस, काठमाडौं । जेनजी आन्दोलनपछि नै दोस्रो पटक पक्राउ परेका अर्जुन शाहीमाथि बैंकिङ कसुर र ठगीको कसुरमा म्याद लिने तयारी प्रहरीले अघि बढाएको छ ।

प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएका शाहीमाथि एक व्यक्तिको आठ तोला बराबरको सुन ठगी गरेको र ११ लाख रुपैयाँको बैंकिङ कसुरमा म्याद लिएर अनुसन्धान गर्न लागिएको हो ।

‘अहिले ठगी र बैंकिङ कसुर गरी दुई कसुरमा पक्राउ पुर्जी जारी भएको छ । सोही अनुसार आज दुई कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाउँछौं । अरु केही पीडितले सम्पर्क गर्नुभएको छ । उहाँहरुको पनि जाहेरी आएमा सोही अनुसार अनुसन्धान अघि बढ्छ’ जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवन भट्टराईले बताए ।

आफूलाई जेनजी भन्दै सरकारी कर्मचारीलाई धम्क्याउने शाही बुधबार साँझ ठमेलस्थित कालधाराबाट पक्राउ गरेका थिए । जेनजी आन्दोलनपछि उनलाई कोटेश्वरबाट प्रहरीले पक्राउ गरेको थियो । आन्दोलनपछि उनी पक्राउ परेको यो दोस्रो पटक हो । पहिलोपटक उनी धेरौटीमा छुटेका थिए ।

जेनजी आन्दोलन अघि पनि उनलाई वैदेशिक ठगीको कसुरमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको थियो ।

अछामको पञ्चदेवल विनायक नगरपालिका–४ घर भएका २६ वर्षीय शाहीको टोलीले नागरिक उड्डयन प्राधिकरण, नेपाल वायु सेवा निगमदेखि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमसम्म पुगेर अनुगमन र ज्ञापनपत्रको नाममा धम्क्याएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?