+

नेपाल पुलिस क्लबको पुरुष टोली नवौं एनभीए भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा

२०८२ पुष  १७ गते १३:५५ २०८२ पुष १७ गते १३:५५
नेपाल पुलिस क्लबको पुरुष टोली नवौं एनभीए भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल पुलिस क्लबले कोशी प्रदेश भलिबल संघलाई २५-१९, २५-१७, २५-१८ को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।
  • पुलिस क्लबले फाइनल प्रवेशका लागि हेल्प नेपाल स्पोर्ट्स क्लबसँग खेल्नेछ, जसले बुढानिलकण्ठ भलिबल क्लबलाई सोझो सेटमा पराजित गरिसकेको छ।
  • आज समूह सी को विजेता रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र र समूह ए को उपविजेता एपीएफ क्लबबीच क्वाटरफाइनल खेल हुँदैछ।

१७ पुस, काठमाडौं । कोशी प्रदेश भलिबल संघलाई सोझो सेटमा पराजित गर्दै विभागीय टोली नेपाल पुलिस क्लब नवाैं एनभीए भलिबल च्याम्पियनसिप २०८२ अन्तर्गत पुरुषतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको दोस्रो क्वाटरफाइनलमा पुलिसले कोशीलाई २५-१९, २५-१७, २५-१८ ले पराजित गरेको हो ।

पुलिसले अब फाइनल प्रवेशका लागि हेल्प नेपाल स्पोर्ट्स क्लबसँग खेल्नेछ । हेल्प नेपालले बुढानिलकण्ठ भलिबल क्लबलाई सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाइसकेको छ ।

समूह सी को विजेता रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र र समूह ए को उपविजेता एपीएफ क्लब तथा समूह डी को विजेता त्रिभुवन आर्मी क्लब र समूह बी को उपविजेता खिल्जी युवा क्लबबीचको क्‍वाटरफाइनल खेल पनि आजै हुँदैछ ।

एनभीए भलिबल च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय