News Summary
Generated by OK AI. Editorially reviewed.- त्रिभुवन आर्मी क्लबले नवाैं एनभीए भलिबल च्याम्पियनसिप २०८२ को पुरुषतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ।
- आर्मी क्लबले चौथो क्वाटरफाइनलमा खिल्जी युवा क्लबलाई २५-१८, २५-१७ र २५-१५ ले पराजित गरेको हो।
- सेमिफाइनलमा आर्मी क्लबले रुकुम पश्चिमसँग खेल्नेछ भने हेल्प नेपाल र नेपाल पुलिसले पनि क्वाटरफाइनल जितिसकेका छन्।
१७ पुस, काठमाडौं । विभागीय टोलि त्रिभुवन आर्मी क्लब नवाैं एनभीए भलिबल च्याम्पियनसिप २०८२ को पुरुषतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिहीबार भएको चौथो क्वाटरफाइनलमा खिल्जी युवा क्लबलाई २५-१८, २५-१७ र २५-१५ ले पराजित गरेर आर्मी अन्तिम चारमा प्रवेश गरेको हो ।
त्रिभुवन आर्मी क्लबले अब रुकुम पश्चिमसँग सेमिफाइनलमा खेल्नेछ ।
यसअघि आजै भएका दुई क्वाटरफाइनलमा हेल्प नेपाल र नेपाल पुलिसले जित निकाल्दै अगाडि बढिसकेका छन् ।
प्रतिक्रिया 4