+

शल्यक्रिया र थेरापीपछि पहिलोपटक प्रशिक्षणमा देखिए सिद्धान्त लोहनी

२०८२ पुष  १८ गते ११:४१ २०८२ पुष १८ गते ११:४१
शल्यक्रिया र थेरापीपछि पहिलोपटक प्रशिक्षणमा देखिए सिद्धान्त लोहनी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • क्रिकेटर सिद्धान्त लोहनी घुँडाको शल्यक्रिया र थेरापीपछि करिब तीन वर्षपछि पहिलोपटक प्रशिक्षणमा फर्किएका छन्।
  • लोहनीले सामाजिक सञ्जालमा २०२६ को सुरुवातले आफूमा नयाँ ऊर्जा थपिएको बताएका छन्।
  • उनको उपचारका लागि नेपाल क्रिकेट संघले पाँच लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको थियो।

१८ पुस, काठमाडौं । फिल्डिङ गर्ने क्रममा घाइते भएपछि घुँडाको शल्यक्रिया तथा थेरापीको केही समयपछि क्रिकेटर सिद्धान्त लोहनी पहिलोपटक प्रशिक्षणमा फर्किएका छन् ।

लोहनीले करिब तीन वर्षपछि ब्याट समात्न पाउँदा फेरि क्रिकेटप्रतिको माया झल्किएको बताउँदै सामाजिक सञ्जालमा स्टाटस राखेका छन् । केही शल्यक्रिया अझै बाँकी रहे पनि २०२६ को सुरुवातले आफूमा नयाँ ऊर्जा थपिएको उनले सामाजिक सञ्जालमार्फत बताएका छन्।

सन् २०२३ मा जनकपुरमा भएको महेन्द्रनारायण निधि टी–२० राष्ट्रिय प्रतियोगितामा फिल्डिङ गर्ने क्रममा घाइते भएका सिद्धान्त त्यसयता मैदानबाट टाढा छन्।

भारतको गुरुग्राममा घुँडाको शल्यक्रिया गराएका उनी त्यसयता थेरापी गरिरहेका थिए । उनको उपचारका लागि नेपाल क्रिकेट संघ (क्यान) ले पनि पाँच लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको थियो।

सिद्धान्त लोहनी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय