News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल पुलिस क्लबले नवाैं एनभीए भलिबल च्याम्पियनसिपको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ।
- पुलिसले दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटमा पराजित गरेको हो।
- फाइनल खेल शनिबार न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबसँग हुनेछ।
१८ पुस, काठमाडौं । नेपाल पुलिस क्लब नवाैं एनभीए भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फ फाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटमा पराजित गरेको हो । आर्मीविरुद्ध पुलिस २५-१२, २९-३१, २५-१४ र २५-१८ ले विजयी भएको हो ।
पहिलो सेट पुलिसले सहजै जित्दै अग्रता बनाएपनि दोस्रो सेटमा आर्मीले पुनरागमन गर्दै टाईब्रेकमा सेट आफ्नो पक्षमा पार्दै खेल बराबरी गरेको थियो। थर त्यसपछि पुलिसले लगातार दुई सेट सहजै आफ्नो पक्षमा पार्दै फाईनल पुगृको हो ।
पुलिसले अब उपाधिका लागि न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबसँग खेल्नेछ । न्यु डायमन्ड एपीएफलाई हराएर फाइनलमा पुगिसकेको छ ।
फाइनल पुगेका पुलिस र न्यु डायमन्ड दुवै अपराजित छन् । फाइनल खेल शनिबार हुनेछ ।
प्रतिक्रिया 4