१८ पुस, काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पू्र्णबहादुर खड्काले पार्टीभित्रको जटिलताबारे छिटै निर्णय आउने बताएका छन् ।
आज बस्ने कार्यसम्पादन समितिको बैठकका लागि पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका उनले पत्रकारहरूलाई जवाफ दिनेक्रममा निर्णय हुने प्रतिक्रिया दिएका हुन् ।
कांग्रेसभित्रको जटिलताको समाधान के हुन्छ? भन्ने प्रश्नमा उनले भने, ‘निर्णय आउँछ ।’
कांग्रेसभित्र विशेष महाधिवेशन कि नियमित महाधिवेशन के भन्ने विषयमा विवाद चर्किएको छ । महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनमा जोड दिँदै आएका छन् भने संस्थापन समूह फागुन २१ को निर्वाचनअघि महाधिवेशन गर्न नहुने अडानमा छ ।
विशेष महाधिवेशन पक्षधरहरूले पुस २७ र २८ गतेका लागि काठमाडौंको भृकुटीमण्डप भाडामा लिइसकेका छन् ।
प्रतिक्रिया 4