+
+
Shares

विधानको सहाराले मात्रै होइन संवादबाट समाधान खोजौँ : मीन विश्वकर्मा

नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले पार्टीको विवाद समाधानका लागि संवादलाई नै जोड दिनुपर्ने बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २५ गते १५:३२

२५ पुस, काठमाडौं । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले पार्टीको विवाद समाधानका लागि संवादलाई नै जोड दिनुपर्ने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले देश नै राजनीतिक अस्थिरता र अराजकताको भुमरीमा फसेको बेला कांग्रेस पनि आन्तरिक विवादका कारण संकटमा परेको बताए ।

‘निषेध, नियन्त्रण, अस्विकार वा बहिष्कार होइन, विधीविधानका धाराको सहाराले मात्र पनि होइन, मन मस्तिष्क, भावना, बुद्धी र विवेकको उच्चतम अभ्यासबाट छलफल, संवाद, सहमति र स्वीकारको नीति अवलम्बन गर्दै यो संकटबाट पार्टीलाई अविलम्ब बाहिर निकाल्न पार्टीका शीर्ष नेतृत्व एवं सम्वद्ध सवैमा हार्दिक अनुरोध गर्दछु,’ उनले भनेका छन् ।

कांग्रेस महाधिवेशन विवाद
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?