News Summary
Generated by OK AI. Editorially reviewed.- युवापुस्ताका चर्चित गायक सज्जनराज वैद्यले २ माघमा दशरथ रंगशालामा प्रस्तुति दिने भएका छन्।
- राष्ट्रिय लिग फुटबल प्रतियोगिताअन्तर्गत मच्छिन्द्र र एनआरएटी क्लबबीचको खेलअघि वैद्यको प्रस्तुति हुनेछ।
- प्रतियोगिताको लाइभ स्ट्रिम एमएसन भिडियो एपबाट तीन महिनाका लागि नेपालमा ८९९ रुपैयाँ र विदेशमा १५ अमेरिकी डलरमा उपलब्ध हुनेछ।
काठमाडौं । युवापुस्ताका चर्चित गायक सज्जनराज वैद्यले २ माघमा दशरथ रंगशालामा प्रस्तुति दिने भएका छन् । राष्ट्रिय लिग फुटबल प्रतियोगिताअन्तर्गत सो दिन हुने मच्छिन्द्र र एनआरएटी क्लबबीचको खेलअघि वैद्य गुञ्जिने भएका हुन् ।
लामो समयपछि वैद्यले काठमाडौंमा प्रस्तुति दिन लागेका हुन् । उनले आफ्ना चर्चित गीत त्यहाँ प्रस्तुत गर्ने जनाइएको छ ।
सो प्रतियोगिताको लाइभ स्ट्रिम एमएसएम भिडियो एपबाट हुने छ । यो एपमार्फत प्रतियोगितालाई नेपालमा हेर्न ३ महिनासम्म ८९९ रुपैयाँ र विदेशमा तीन महिनासम्म १५ अमेरिकी डलर तोकिएको छ ।
एमएसएम भिडियोमा अहिलेका सुपरहिट नेपाली फिल्म पनि हेर्न पाइन्छ । एमएसएम भिडियो एप टिभीमा पनि सजिलै डाउनलोड गरेर हेर्न सकिने बताइएको छ ।
गायक वैद्यको कुरा गर्दा, उनले सन् २०२६ को विदेश टूरको सुरुवात युएईबाट थाल्ने घोषणा गरेका त थिए तर, अहिलेलाई त्यो पोस्टपोन्ड भएको छ ।
प्रतिक्रिया 4