३० पुस, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रघुजी पन्तले नेपाली कांग्रेस फुट्दा लोकतन्त्र कमजोर हुने बताएका छन् ।
‘अहिलेको स्थितिमा कांग्रेस फुट्दा निर्वाचन अनिश्चित हुन्छ, लोकतन्त्र संकटमा पर्छ, संविधान पनि संकटमा पर्न सक्छ,’ पन्तले अनलाइनखबरसँग भने । उनले दुवै पक्षका नेताहरुलाई गम्भीर बन्न आग्रह समेत गरेका छन् ।
‘कांग्रेसको महत्वपूर्ण भूमिका राष्ट्रिय राजनीति र लोकतन्त्रमा रहँदै आएको छ । त्यसैले दुवै पक्षका नेताहरुले गम्भीर भएर सोच्दै एकतालाई कायम राख्नुपर्छ र फु्ट्नु दिनु हुँदैन,’ उनले भने ।
कांग्रेस फुटेको अवस्थामा चुनाव हुन नसक्ने भएकाले प्रतिनिधि सभा पुनर्स्थापना मुलुकको निकास हुने पनि उपाध्यक्ष पन्त बताउँछन् ।
‘दुवै पक्ष निर्वाचनमा जान सक्ने अवस्था रहन्न, त्यो भनेको प्रतिनिधिसभा पुनर्स्थापना हो । संर्वोच्चले खुट्टा कमाउनु हुन्न,’ उनले भने ।
प्रतिक्रिया 4